१२ बैशाख २०८१, बुधबार

विदेशमा कोरोना संक्रमणबाट थप ४ जना नेपालीको मृत्यु, अहिलेसम्म ३४९ नेपालीको निधन


मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप ४ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सङ्घका अनुसार कोरोना संक्रमणबाट शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !