८ बैशाख २०८१, शनिबार

चर्चित भारतीय नायक अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि


अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि

मुम्बई । चर्चित भारतीय सिनेमाका चर्चित नायक अक्षय कुमारलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् । नायक अक्षयले आफू होम क्वारेन्टाइनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

अक्षयले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गर्नका लागि आग्रह गरेका छन् । भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै नायक रणवीर कपुर, आमिर खान, नायिका आलिया भट्ट लगायतका कलाकारलाई कोरोना पोजिटिभ देखिएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

https://twitter.com/akshaykumar/status/1378554562638798852


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !