१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४५६ जनामा पिसिआर परिक्षण गर्दा १२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार २४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ३०३२ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १६७२ जना रहेको छ भने ५७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !