पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना संक्रमणमुक्त
१० असार २०७८, बिहिबार

पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ९६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ३०३१ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १६४७ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !