१३ बैशाख २०८१, बिहिबार

कोरोनाविरुद्धको ८ लाख डोज खोप चीनद्वारा नेपाललाई उपलब्ध


कोरोनाविरुद्धको ८ लाख डोज खोप चीनद्वारा नेपाललाई उपलब्ध

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको ८ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

उत्तरको छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज सोमबार बिहान काठमाडौं आइपुगेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको ल्याइएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी थिइन् । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराएको हो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । अधिकारीहरुका अनुसार विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु