१३ बैशाख २०८१, बिहिबार

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो


चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौँ । उत्तरको छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आज सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन निगमको पूर्वनिर्धारित उडान तालिका अनुसार हिजो आइतबार साँझ ५ः३० बजे काठमाडौँबाट बेइजिङ प्रस्थान गरेको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख मात्र कोरोनाविरुद्धको खोप लगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गरेको थियो ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

अधिकारीहरुका अनुसार विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने देखिएको छ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !