पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त - Nepalpatra Nepalpatra पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त - Nepalpatra
५ बैशाख २०७८, आइतबार

पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड-१९) मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ हजार ८३८ जनाको पिसिआर परीक्षण भएकामा ४८ महिला र ७७ पुरुष गरी १२५ जनामा कोरोना पुष्टि भएको हो ।

आज देखिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । यस्तै सङ्क्रमणबाट ९१ निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म २ लाख ६९ हजार ३९४ निको भई घर फर्किसकेका छन् ।

नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा कसैको पनि संक्रमणबाट निधन नभएको मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमितमध्ये ६१ सघन उपचार कक्ष (आइसियु) र १३ भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आइसियुमा प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा २४ र कर्णाली प्रदेशमा तीन रहेका छन् । यस्तै भेन्टिलेटरमा वाग्मती प्रदेशका सात, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका एक रहेका छन् ।

संस्थागत आइसोलेसनमा देशभरि ९९१ रहेका छन् । पाँच सय भन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको छ । शून्य संक्रमित भएका जिल्लामा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, अछाम, पश्चिम रुकुम र मुगु रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !