७ बैशाख २०८१, शुक्रबार

चीनले नेपाललाई ३ लाख कोरोना खोप उपलब्ध गराउने


कोरोना खोप

काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड-१९ विरुद्धको ३ लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदान स्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्ड अनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !