८ बैशाख २०८१, शनिबार

यी हुन् नेपालमा कोरोना विरुद्धको पहिलो खोप लगाउने डाक्टर


डा. सागर राजभण्डारी

काठमाडौँ । आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारवाट भर्चुअल माध्यमबाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भएपनि ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताएका छन् ।

शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी लगायत मन्त्री सहभागी भएका थिए । उनले कोरोना विरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देशभर कोरोना विरुद्धको खोप अभियान शुभारम्भ भएसँगै नेपालमा पहिलो खोप कसले लगायो भन्ने कौतुहता बढ्नु स्वाभाविक हो । नेपालमा कोरोना भाइरस विरूद्ध पहिलो खोप लगाउने व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशका डा. सागर राजभण्डारीले हुन् ।

आज बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेपछि निर्देशक राजभण्डारीले १० बजेर १० मिनेटमा खोप लगाएका हुन् । खोप लगाउनेबित्तिकै पत्रकारहरूसँग कुरा गर्दै उनले आफू खोप लगाउने पहिलो व्यक्ति हुँदा गर्व महशुस भएको प्रतिक्रिया दिएका छन् ।

उनले खोप सुरक्षित रहेको भन्दै अन्य स्वास्थ्यकर्मीलाई पनि ढुक्क भएर खोप लगाउन अपिल गरेका छन् । खोप लगाएपछि स्वास्थ्यकर्मीहरूलाई कोरोना महामारीविरूद्ध लड्न थप ऊर्जा मिलेको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

यसरी शुभारम्भ भयो देशभर कोरोना विरुद्धको खोप अभियान (फोटो फिचर)

३ महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ खोप निःशुल्क : प्रधानमन्त्री ओली

कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !