१२ बैशाख २०८१, बुधबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १
सोमबार प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।


प्रदेश २

प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा एकजना, सप्तरीमा २ र सर्लाहीमा एकजनामा कोरोना भेटिएको छ।

बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा एकजना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एकजना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेश
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एकजना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५ र रोल्पामा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको कुनै पनि जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएको छैन । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा शून्य रहेको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा २, बाजुरामा एक र बैतडीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !