७ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

अहिलेसम्म भारतमा कूल १ करोड ३ लाख ८३८ कोभिड-१९ सङ्क्रमित विरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड-१९ सङ्क्रमितहरू निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय सङ्क्रमितका सङ्ख्यामा पनि कमी आएको छ ।

भारतभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १४२५६ रहेको छ । यो अवधिमा निको भई घर फर्किने विरामीको सङ्ख्या १७ हजार १३० रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !