६ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४१ जना, ललितपुर जिल्लामा १५ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौँ उपत्यकामा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !