८ बैशाख २०८१, शनिबार

नेपालले दियो भारतको ‘कोभिसिल्ड’ कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति

नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोगको अनुमति


कोभिसिल्ड

काठमाडौँ । नेपाल सरकारले भारतीय कम्पनीले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक कोभिड भ्याक्सिनलाई आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले आज शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका महानिर्देशकले हस्ताक्षर गरिएको विज्ञप्तिद्वारा जानकारी दिएको हो ।

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनी मानिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार सेरमले ५ करोडभन्दा बढी डोज उत्पादन गरिसकेको छ । यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले दर्ता गरेर ल्याउन लागेको हो ।

कोभिड-१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

विभागका अनुसार हालसम्म ३ वटा आयातकर्ताहरुले आवदेन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु नपुगेकोले उनीहरुलाई प्रक्रिया पुर्‍याउन भनिएको छ । हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

कोरोना भ्याक्सिन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !