१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना देखिएको छ । मन्त्रालयका अनुसा आज काठमाडौंमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !