काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि
१३ माघ २०७७, मंगलबार

काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन् । यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ । जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ । काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !