१३ बैशाख २०८१, बिहिबार

चितवन थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवन जिल्ला, कालिका-४ बस्ने ४९ वर्षीय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मंसिर १३ गते कोरोना संक्रमण सहित ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उक्त अस्पतालमा भर्ना भएका थिए । मंसिर १३ गते स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोहि दिन नै कोभिड आइसीयुमा राखी उपचार गरिएको थियो ।

उपचारका सबै उपायहरु गर्दा गर्दै मंसिर १८ गते रातको ११:२० बजे कोभिड निमोनियाको कारणले उनको निधन भएको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु