८ बैशाख २०८१, शनिबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३०० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ५४ हजार ६३० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६५४७ जना आइसोलेसनमा रहेकामध्ये ५८०६ संस्थागत आइसोलेसनमा र १०७४१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०५ जना रहेका छन् ।

१४९० जना कोरोना संक्रमितमध्ये ९२५ जना पुरुषहरु र ५६५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३९८ जना पुरुषहरु र ३२५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ५३१ जना, ललितपुर जिल्लाका १३४ जना र भक्तपुर जिल्लाका ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १५६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १८ हजार १६१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र सुनसरीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ११३ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ३५ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ५३१, काभ्रेपलान्चोकमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ८८२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, वागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १३२ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नलवपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १६८ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको रुकुम पश्चिममा ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ४ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ र बाजुरामा ८ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १५६ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !