१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरसका कारण थप ३ जना महिला संक्रमितको मृत्यु


मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) कारण थप ३ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसका कारण प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना संक्रमित महिलाको मृत्यु भएको स्रोतले बतायो ।

मृत्यु हुनेमा झापा निवासी ८२ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्रोतले बतायो । त्यस्तैगरी कपिलवस्तुकी ५० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ भने गोरखाको ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !