८ बैशाख २०८१, शनिबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ३७ हजार ७४७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४४२३ जना आइसोलेसनमा रहेकामध्ये २६०९ संस्थागत आइसोलेसनमा र ११८१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३५ जना रहेका छन् ।

१४७४ जना कोरोना संक्रमितमध्ये ८७२ जना पुरुषहरु र ६२० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३६१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६१५ जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १९३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २३६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४४ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ६१५, काभ्रेपलान्चोकमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १ सय २५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ९३२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासी पूर्वमा १२, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, वागलुङमा १ र स्याङजामा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ८७ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नलवपरासीमा ५, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १२० रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ४२ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १३ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !