१३ बैशाख २०८१, बिहिबार

कास्कीको पोखरामा २ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

पोखरा । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरा महानगरपालिकामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति गरी गर्दै २ जनाको कोरोना संक्रमणवाट मृत्यु पुष्टि गरेका छन् । मृत्यु भएकाहरुमा १ जना पुरुष र १ जना महिला रहेकी छिन् ।

कोरोना संक्रमणवाट मृत्यु हुनेहरुको विवरण

१. कास्की जिल्ला, पोखरा महानगरपालिका-३ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो मंसिर १४ गते दिउसो ४:३३ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको उनमा मंसिर ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

१. कास्की जिल्ला, पोखरा महानगरपालिका-१६ का ५७ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ४ बजे चरक मेमोरियल अस्पताल, पोखरामाउपचारका क्रममा दु:खद निधन भएको छ । उनमा मंसिर १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी मघुमेह, मृगौला रोगी र थाईराइडको रोगी हुनेका साथै कोभिड निमोनिया समेत भएको थियो ।

कास्कीको पोखरामा २ जना कोरोना संक्रमितको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !