११ बैशाख २०८१, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४०४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १२ हजार ५९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८००८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख २७ हजार ८३६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७९०९ जना आइसोलेसनमा रहेकामध्ये ५६१४ संस्थागत आइसोलेसनमा र १२२९५ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३२ जना रहेका छन् ।

१२५५ जना कोरोना संक्रमितमध्ये ७४४ जना पुरुषहरु र ५११ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३०४ जना पुरुषहरु र २४४ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४२२ जना, ललितपुर जिल्लाका ६१ जना र भक्तपुर जिल्लाका ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !