८ बैशाख २०८१, शनिबार

जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि


कोरोना भाइरस

बर्लिन, जर्मनी, १२ मङ्सिर । जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ ।

विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत्यु भएको हो ।

जर्मनीमा सर्दी याम बढेसँगै कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि संघीय तथा राज्य सरकारले देशका विभिन्न भागमा जारी आंशिक लकडाउनलाई आगामी डिसेम्बर २० सम्म लम्बाउने घोषणा गरेका छन् ।

जर्मनीले देशैभर पाँचभन्दा बढी परिवार तथा साथीहरूको जमघट नगर्न भनिएको छ । सरकारले क्रिसमसलाई मध्यनजर गर्दै जमघट हुन पाउने उक्त सङ्ख्यालाई १० पु¥याएको छ ।(रासस÷सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !