४ बैशाख २०८१, मंगलबार

कोरोनावाट विराटनगरमा मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु


मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । स्रोतका अनुसार नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्ध, धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिला, रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुष र धनपालथान गाउँपालिका– ६, मोरङकी ७० वर्षीया वृद्धाको भएको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !