८ बैशाख २०८१, शनिबार

आज शनिबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६७४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४००९ जना आइसोलेसनमा रहेकामध्ये ६८०३ संस्थागत आइसोलेसनमा र १७२०६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५७ जना रहेका छन् ।

१६७४ जना कोरोना संक्रमितमध्ये १०१३ जना पुरुषहरु र ६६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५१२ जना पुरुषहरु र ३८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६८५ जना, ललितपुर जिल्लाका १६५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, मोरङमा २०, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ७८ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ३२ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ६८५, काभ्रेपलान्चोकमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १०८३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ३, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १८४ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्युठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २२७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १० रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, डोटीमा १, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ६० रहेको छ ।

यो पनि पढ्नुहोस्

आज शुक्रबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !