१३ बैशाख २०८१, बिहिबार

प्रदेश नं १ मा आज थपिए ३६३ जना कोरोना संक्रमितहरु


प्रदेश १

विराटनगर, १८ कात्तिक । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितहरुमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा संक्रमितको सङ्ख्या २० हजार १५४ पुगेको छ ।

विभिन्न अस्पताल तथा आइसोलेशनबाट आज १६० संक्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !