८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८३९ पुग्यो


कोरोना भाइरस

पोखरा, कार्तिक १७ । गण्डकी प्रदेशमा आज बिहान थप ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८३९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:३० बजेसम्म ३ पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप ९९ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ११ जना, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ४२ जना र लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा ४६ जना गरी जम्मा ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ६० जना, गोरखा ३३ जना, लम्जुङका २ जना, बागलुङ, तनहुँ, स्याङजा र नवलपरासी पूर्वका १/१ जना गरेर ४ जना गरी जम्मा ९९ जना रहेका छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५०४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !