१३ बैशाख २०८१, बिहिबार

कैलालीका १८ सहित सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी । कैलाली जिल्लाका १८ जनासहित सुदूरपश्चिम प्रदेशका थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ५ जना महिलाहरु र १८ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३५१ जनाको कोरोना परीक्षण गर्दा कैलालीका १८ जना, कंचनपुरका ४ जना र बझाङका १ जनामामा कोरोना संक्रमण देखिएको हो ।

धनगढीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ३, ५, ८ र १९ का १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, त्यस्तै बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

कैलालीका १८ सहित सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !