८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार नाघ्यो, आज थपिए नयाँ २९३३ संक्रमित


नेपालमा कोरोना

काठमाडौँ, कार्तिक १७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७६५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४४६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ६९ हजार ८१२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७५२४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २११९ जना रहेका छन् ।

२९३३ जना कोरोना संक्रमितमध्ये १७५७ जना पुरुषहरु र ११७६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६३० जनामा कोरोना संक्रमण पुष्टि  भएकाहरुमध्ये ९२८ जना पुरुषहरु र ७०२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १३२९ जना, ललितपुर जिल्लाका १९३ जना र भक्तपुर जिल्लाका १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३१५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३७९९२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार नाघ्यो, आज थपिए नयाँ २८२४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !