गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५०४ पुग्यो Nepalpatra गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५०४ पुग्यो
१८ मंसिर २०७८, शनिबार

गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५०४ पुग्यो


कोरोना भाइरस

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आज बिहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८ बजेसम्म ५ पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १८८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २५ जना, क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ८२ जना, लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा ४९ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ३२ जना गरी जम्मा १८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १०२ जना, नवलपरासी पूर्वका ३१ जना, पर्वतका २ जना, तनहुँ २१ जना, गोरखा ११ जना, बागलुङका ३ जना, लम्जुङका ११ जना, स्याङजाका ६ जना र म्याग्दीका १ जना गरी १८८ जना रहेका छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !