११ बैशाख २०८१, मंगलबार

प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिए


प्रदेश १

विराटनगर, १३ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । संक्रमितमा ६४ महिला र ७० जना पुरुष छन् ।

थपिएका संक्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने आज विभिन्न स्थानबाट ७० जना सहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जना सहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !