८ बैशाख २०८१, शनिबार

गण्डकीमा १५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु


पोखरा, १२ कात्तिक । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थप हुनेमा कास्कीका ९८, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक/एक जना छन् ।

गण्डकीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !