१२ बैशाख २०८१, बुधबार

चितवनका २२ जनासहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, कार्तिक १२ । चितवन जिल्लामा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा कार्तिक १२ गते ७२ वटा गरिएको परीक्षणमा चितवनका २२ जनासहित थप ३७ जनामा संक्रमण पुष्टि भएको छ भने ३५ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका २२ जनामध्ये भरतपुर महानगरपालिकाका १३ जना पुरुषहरु, ६ जना महिलाहरु, खैरहनीका २ जना पुरुष र रत्ननगर नगरपालिकाका १ जना महिला छन् । यस्तै कोरोना संक्रमण हुनेहरुमा नवलपरासीका ३ जना, गोरखाका २ जना, लम्जुङ र मोरङका १/१ जना र रुपन्देहीका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका २२ जनासहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !