७ बैशाख २०८१, शुक्रबार

कोरोना जोखिम बढेकाले ताँजाकोट गाउँपालिकाका नाका बन्द


ताँजाकोट गाउँपालिका

सिमकोट, १२ कात्तिक । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरेको हो । हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !