१३ बैशाख २०८१, बिहिबार

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण


जनार्दन शर्मा

काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका हुन् ।

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु । केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु