६ बैशाख २०८१, बिहिबार

चितवनका २२ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, कार्तिक ८ । चितवन जिल्लामा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २०४ वटा गरिएको परीक्षणमा चितवनका २२ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको छ भने १७४ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका २२ जनामध्ये भरतपुर महानगरपालिकाका ११ जना पुरुषहरु, ६ जना महिलाहरु, राप्ती नगरपालिकाका १ जना पुरुष , १ जना महिला र रत्ननगर नगरपालिकाका २ जना पुरुषहरु र १ जना महिला छन् । यस्तै कोरोना संक्रमण हुनेहरुमा नवलपरासीका ७ जना र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !