६ बैशाख २०८१, बिहिबार

प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि


हिक्मतकुमार कार्की

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिंगका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !