१२ बैशाख २०८१, बुधबार

चितवनका ४६ जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, कार्तिक ४ । चितवन जिल्लामा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २०१ वटा गरिएको परीक्षणमा चितवनका ४६ जनासहित थप ४९ जनामा संक्रमण पुष्टि भएको छ भने १५२ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका ४६ जना रहेका छन् । कोरोना संक्रमण हुनेहरुमा मकवानपुरका १ जना र नवलपरासीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जनामध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको हो ।

यस्तै खैरहनी नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरु १४ देखि ६१ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २३ देखि ३२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मकवानपुरको हेटौंडा-८ का १ पुरुष र नवलपरासी पूर्व गैंडाकोटका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका २८ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !