७ बैशाख २०८१, शुक्रबार

बाँकेका ४८ जनासहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, कार्तिक ४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ४८ जनासहित थप ७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले बेलुकी ५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३१७ वटा नमूना परीक्षण गर्दा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४८ जना, बर्दिया ९ जना, हुम्ला, दाङ र रुकुमका २/२ जना, जुम्ला, डोटी, रुपन्देही, नवलपरासी, सुर्खेत, बारा, दैलेख र महोत्तरी र अन्य १/१ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ५० जना पुरुषहरु र २२ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ३३२८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४५४१८ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४५४१८ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !