११ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेशमा थपिए १८१ कोरोना संक्रमित, १०१ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, कार्तिक ३ । कर्णाली प्रदेशमा आज बेलुकी १८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५३५१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल, दैलेख, कमलबजार नपा प्रयोगशाला, अछाम र चौरजहारी प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा घर ठेगानाको आधारमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १०१ जना, दैलेखका ४० जना, कालिकोटका १५ जना, जुम्लाका ४ जना, हुम्ला र सल्यानका २/२ जना, मुगु, जाजरकोट र रुकुम पश्चिमका १/१ जना र अन्य प्रदेशका १४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १०१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३९८५ जना पुगेको छ भने १४ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ११८५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, २२ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !