१२ बैशाख २०८१, बुधबार

भौतिक पूर्वाधारमन्त्री नेम्वाङमा कोरोना संक्रमण पुष्टि


वसन्त नेम्वाङ फाइल फोटो

काठमाडौँ, कार्तिक ३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘ममा पनि कोरोना पोजिटिभ देखियो । यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् ।

नेम्वाङ कोरोना संक्रमित हुने तेस्रो मन्त्री हुन् । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलपर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री नेम्वाङको हिजो खोकी र ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो । सामान्य लक्षणहरु रहेका मन्त्री मन्त्री नेम्वाङ क्वाटरमै होम आइसोलेसनमा बसेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

शिक्षा मन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि

मन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !