१२ बैशाख २०८१, बुधबार

कैलालीका २७ सहित सुदूरपश्चिममा थप ३८ जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, कार्तिक २। कैलाली जिल्लाका २७ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ९ जना महिलाहरु र २९ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २७ जना र कंचनपुरका ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका १६ जनामध्ये वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २/२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका-८ का २ जना, बर्दगोरी गाउँपालिका-२ र घोडाघोडी नगरपालिका-२ का १/१ जना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४/४ जना, बेल्डाडी गाउँपालिका-४ का २ जना र शुक्लाफाटा नगरपालिका-९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु