६ बैशाख २०८१, बिहिबार

चितवनका थप १६ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला \

चितवन, असोज ३० । चितवन जिल्लामा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २१५ वटा गरिएको परीक्षणमा चितवनका थप १६ जनामा संक्रमण पुष्टि भएको छ भने १९९ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १३ जना रहेका छन् । यसैगरी खैरहनीका २ जना र कालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

चितवनका ५१ जनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !