६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा एकको मृत्यु, ३७ सङ्क्रमित थपिए


कोरोना भाइरस

गण्डकी, ३० असोज । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत निज यही असोज २५ गते अस्पताल भर्ना हुनुभएकोमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार÷चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक÷एक जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !