७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा थपिए ७५ कोरोना संक्रमित, ५० जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज २९ । कर्णाली प्रदेशमा आज साँझ ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८२४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल, दैलेख र चौरजाहरी नपा प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ३७ जना, दैलेखका २३ जना, जुम्लाका ३ जना, कालीकोटका ५ जना, रुकुम पश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १/१ जना र अन्य प्रदेशका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ५० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६०५ जना पुगेको छ भने ११ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ११८८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !