१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४३४ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज ३० । गण्डकी प्रदेशमा आज बिहान थप ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:३० बजे र बिहान ८:०० बजे दुई पटक प्रेस बिज्ञप्ति जारी गर्दै ५३ जना र २५ जना गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ८:०० बजे अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २३ जना, गोरखा र लम्जुङका १/१ जना रहेका छन् ।

गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा गएका हुन् । उनीहरु सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । अन्य सबैजना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

आज बिहान ७:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५३ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, लम्जुङका २ जना, बाग्लुङका ७ जना, नवलपरासी सुस्ता पूर्वका १५ जना, गोरखाका ४ जना र कास्कीका १९ जना रहेका छन् ।

सबैजना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

 

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४३४ पुग्यो, थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना भाइरस

गण्डकी प्रदेशमा कोरोना भाइरस

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२८४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !