८ बैशाख २०८१, शनिबार

अर्जुननरसिंह केसी र गगन थापा ससुरा जुवाईलाई कोरोना संक्रमण पुष्टि


अर्जुननरसिंह केसी र गगन थापा ससुरा जुवाईलाई कोरोना संक्रमण पुष्टि ?????????????????????????????????????????????????????????

काठमाडौं, असोज १७ । नेपाली काँग्रेसका नेताहरु अर्जुन नरसिंह केसी र गगन थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साथै नेपाली काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । थापाको स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेका छन् ।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वाब लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।

टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।

स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।

भोलि पदाधिकारी बैठक बोलाइएकको थियो । आज बसेको पदाधिकारी सहितका केन्द्रीय सदस्यहरुको बैठकमा नेता गगन थापा पनि सहभागी भएका कारण शिर्ष नेताहरु समेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

साथै कांग्रेसका करिब  ७०  जनाको पोजेटिभ रिपोर्ट आएको स्रोत बताएको छ । सोमबारदेखि हुन लागेको बैठकका लागि नेताहरुको कोरोना परीक्षण भएको थियो । धेरैमा संक्रमण देखिएपछि बैठक समेत प्रभावित हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !