१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले सबै भेटघाट गरे बन्द : बालुवाटारमा नयाँ सुरक्षा टीम जाने


केपी शर्मा ओली

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ । हिजो शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ जना गरी कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।

सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सुरक्षा निकायहरु जानकारी दिएका छन् । त्यस्तै बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ । यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह र फोटो ग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पटक हिजो प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका ४ जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरू र प्रमुख स्वकीय सचीवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीमा के होला ? भन्ने उनको स्वास्थ्यबारे चासो र चिन्ता आम जनमानसमा बढेको छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारभित्र कोरोना भयावह रुपमा फैलियो : ७६ जनामा संक्रमण पुष्टि

प्रधानमन्त्रीका ३ जना सल्लाहकारहरु र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईमा पनि कोरोना पुष्टि

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !