१५ आश्विन २०७७, बिहीबार १८:४६

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण



गोविन्दप्रसाद कलौनी

कर्णाली, १५ असोज । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएको बताउनुभयो ।

“उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ”, प्रमुख स्वकीय सचिव कलौनीले भन्नुभयो, “उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बस्नुभएको छ ।” उहाँका अनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको उहाँले जनाउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कात्तिक ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५ हजार ७४३  जनामा पुष्टि भएको छ । योसँगै

काठमाडौँ, कार्तिक ५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा

लुम्बिनी,५ कात्तिक । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना

डडेल्धुरा, कार्तिक ५ । सुदूरपश्चिम प्रदेशको दार्चुलाका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको