१२ बैशाख २०८१, बुधबार

पर्सा जिल्लामा फेरि बढ्यो कोरोना संक्रमण : थप २४ जनामा पुष्टि


नारायणी अस्पतालको प्रयोगशाला

असोज १३ । पर्सा जिल्लामा फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका थप २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार सोमबार राती १९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका १ महिलासहित २४ जना र बाराका १ जना गरी २५ जनामा संक्रमण देखिएको हो । उनीहरुको उमेर समूह १८ वर्षदेखि ७० वर्षसम्म रहेको छ।

पर्सामा थपिएका २४ जनामध्ये वीरगन्ज महानगरपालिका-३२ का ८ जना, वडा नम्बर २१ का ५ जना र कालिकामाई गाउँपालिकाका ५ जना रहेका छन् । त्यसैगरी वीरगन्ज महानगरपालिका-२९ का २ जना, १५ र १६ का १/१ जना, ठोरी गाउँपालिका ५ सुवर्णपुरका १ जना र वीरगन्जको एभरेष्ट बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको महागढीमाई नगरपालिका ७ का १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । २४ जना कोरोना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या २७३४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु