९ कार्तिक २०७७, आईतवार

नेपालमा कोरोना जित्नेको संख्या ५४ हजार नाघ्यो, थप ७४२ जना कोरोना संक्रमणमुक्त



कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५४६४० पुगेको छ ।

नेपालमा कोरोना जितेर ७३.१ % डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६४९ जना, ललितपुर जिल्लाका १३२ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३५१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४७४५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार नाघ्यो, थप ८८५ जना कोरोना संक्रमणमुक्त



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ९ । कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा

चितवन, कार्तिक ९ । चितवन जिल्लामा थप १४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको

काठमाडौँ, कार्तिक ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी

काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण